• चैत्र ८, २०८१
  • No Comment
  • 124

दार्चुलामा पहिलोपटक दलित महिला स्ववियु अध्यक्षमा निर्वाचित

 

दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन्। उनी दार्चुलाकै पहिलो दलित महिला हुन्, जसले स्ववियु अध्यक्ष पदमा जित हासिल गरिन्। जानकी टमटा अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएकी हुन्।

मालिकार्जुन गाउँपालिका–८ की स्थानीय बासिन्दा रहेकी जानकीको राजनीतिमा चासो सानैदेखि थियो। उनकी आमा, मानमती टमटा, २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यको रूपमा निर्वाचित भएकी थिइन्। आमा मानमतीको प्रेरणाले जानकीलाई विद्यार्थी राजनीतिमा सक्रिय बनायो, जसका कारण उनी स्ववियु अध्यक्ष पदमा निर्वाचित हुन सफल भइन्। स्नातक तह दोस्रो वर्षमा अध्ययनरत जानकी टमटा निडर र स्पष्ट विचार व्यक्त गर्ने क्षमताकी नेतृ हुन्। उनले विकृति र विसंगतिविरुद्ध प्रष्ट रूपमा बोल्ने गर्नुभएको छ।

जानकीले माओवादी आन्दोलनलाई पछाडि परेका वर्ग समुदायको उत्थान र विकासका लागि महत्त्वपूर्ण कदम उठाउन योगदान पुर्याएको बताएका छन्। उनले माओवादी विचारधारामा विश्वास गर्दै आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका शैक्षिक समस्याहरू समाधान गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरिन्। यस उपलब्धिले दलित महिला समुदायको उत्थान र राजनीतिक नेतृत्वमा महिलाको सक्रिय भागीदारीलाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम हो।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *