• चैत्र ८, २०८१
  • No Comment
  • 188

दार्चुलामा पहिलोपटक दलित महिला स्ववियु अध्यक्षमा निर्वाचित

 

दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन्। उनी दार्चुलाकै पहिलो दलित महिला हुन्, जसले स्ववियु अध्यक्ष पदमा जित हासिल गरिन्। जानकी टमटा अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएकी हुन्।

मालिकार्जुन गाउँपालिका–८ की स्थानीय बासिन्दा रहेकी जानकीको राजनीतिमा चासो सानैदेखि थियो। उनकी आमा, मानमती टमटा, २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यको रूपमा निर्वाचित भएकी थिइन्। आमा मानमतीको प्रेरणाले जानकीलाई विद्यार्थी राजनीतिमा सक्रिय बनायो, जसका कारण उनी स्ववियु अध्यक्ष पदमा निर्वाचित हुन सफल भइन्। स्नातक तह दोस्रो वर्षमा अध्ययनरत जानकी टमटा निडर र स्पष्ट विचार व्यक्त गर्ने क्षमताकी नेतृ हुन्। उनले विकृति र विसंगतिविरुद्ध प्रष्ट रूपमा बोल्ने गर्नुभएको छ।

जानकीले माओवादी आन्दोलनलाई पछाडि परेका वर्ग समुदायको उत्थान र विकासका लागि महत्त्वपूर्ण कदम उठाउन योगदान पुर्याएको बताएका छन्। उनले माओवादी विचारधारामा विश्वास गर्दै आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका शैक्षिक समस्याहरू समाधान गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरिन्। यस उपलब्धिले दलित महिला समुदायको उत्थान र राजनीतिक नेतृत्वमा महिलाको सक्रिय भागीदारीलाई प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम हो।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *