• चैत्र २, २०८१
  • No Comment
  • 27

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोलमा बस्ने आफ्ना मामा गुरुबहादुर पुलामीको घरमा लगेका थिए। आइतबार राति पकाएर खाएको केही समयपछि उनीहरू सबै बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी भएका सबैलाई दमौलीस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको छ। उनीहरूलाई वान्ता हुने, पखाला लाग्ने र रिङ्गटा लाग्ने जस्ता समस्या देखिएको छ।

बिरामी परेकामध्ये ६३ वर्षीय गुरुबहादुर पुलामी, उनका छोरा ३१ वर्षीय सुरेन्द्र पुलामी, ३० वर्षीय नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा मगर, ४२ वर्षीय ज्वाइँ लित बहादुर थापा, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सिता पुलामी, ४ वर्षीय सुमित पुलामी, ६६ वर्षीय चक्र बहादुर पुलामी र १८ वर्षीया आरती पुलामी रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर…
वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *