• चैत्र २, २०८१
  • No Comment
  • 159

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोलमा बस्ने आफ्ना मामा गुरुबहादुर पुलामीको घरमा लगेका थिए। आइतबार राति पकाएर खाएको केही समयपछि उनीहरू सबै बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी भएका सबैलाई दमौलीस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको छ। उनीहरूलाई वान्ता हुने, पखाला लाग्ने र रिङ्गटा लाग्ने जस्ता समस्या देखिएको छ।

बिरामी परेकामध्ये ६३ वर्षीय गुरुबहादुर पुलामी, उनका छोरा ३१ वर्षीय सुरेन्द्र पुलामी, ३० वर्षीय नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा मगर, ४२ वर्षीय ज्वाइँ लित बहादुर थापा, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सिता पुलामी, ४ वर्षीय सुमित पुलामी, ६६ वर्षीय चक्र बहादुर पुलामी र १८ वर्षीया आरती पुलामी रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *