• फाल्गुन २९, २०८१
  • No Comment
  • 87

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २६२ रन बनायो। ट्रीत राज दासले सर्वाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६, भीम सार्कीले ४० र बसिर अहमदले ३६ रनको योगदान दिए। कर्णालीका प्रकाश जोशीले ४ विकेट तथा दिनेश अधिकारीले ३ विकेट लिए।

२६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमै १३५ रनमा अलआउट भयो। प्रकाश जोशीले अविजित ५० तथा विपिन रावलले २३ रन बनाए। आर्मीका शाहाब आलमले ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट झारे।

यो जितसँगै आर्मी ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ, भने कर्णालीले ३ खेलमा २ अंक मात्र जोडेको छ।

सम्बन्धित खबर

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

काठमाडौं । कालिकोट शान्नित्रिवेणीकी एक महिलाले प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरेकी छन्। वाजुरा स्थायी घर भई हाल काठमाडौं…
स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

जुम्ला। जसलाई नेपालको ‘स्याउको राजधानी’ भनेर पनि चिनिन्छ, अब आफ्नो यो गौरवशाली पहिचानलाई थप उजागर गर्ने भएको छ। जिल्लाको चन्दननाथ नगरपालिकाले…
सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९ करोडभन्दा बढी रकमको हिसाबकिताब गोलमाल

सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९…

सुर्खेत। सुर्खेतका स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था कमजोर देखिएको छ, जसकारण बेरुजुको चाङ बढ्दै गएर डरलाग्दो अवस्थामा पुगेको छ। महालेखा परीक्षकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *