पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २६२ रन बनायो। ट्रीत राज दासले सर्वाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६, भीम सार्कीले ४० र बसिर अहमदले ३६ रनको योगदान दिए। कर्णालीका प्रकाश जोशीले ४ विकेट तथा दिनेश अधिकारीले ३ विकेट लिए।

२६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमै १३५ रनमा अलआउट भयो। प्रकाश जोशीले अविजित ५० तथा विपिन रावलले २३ रन बनाए। आर्मीका शाहाब आलमले ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट झारे।

यो जितसँगै आर्मी ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ, भने कर्णालीले ३ खेलमा २ अंक मात्र जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *