• फाल्गुन २१, २०८१
  • No Comment
  • 92

जाजरकाेटमा ट्याक्टर दुर्घटना : ४ जना घाइते 

जाजरकाेटमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते  भएका छन ।  बुधबार विहान ९ बजेको समयमा जाजरकाेटकाे भेरी नगरपालिका वडा नम्बर: १ बराहथान स्थित खलङ्गा बजारदेखि कालेगाउँ तर्फ जाँदै गरेकाे भे.२ त.१६७३ नम्बरको  सरिया लोड गरेकाे ट्याक्टर एक्कासी ओरालोमा सडकमै पल्टिदाँ दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी घाइते हुनेहरूमा चालक कुशे गाउँपालिका- ५ का २५ वर्षीय भिम परियार, साेहि गाउँपालिका- ४ बस्ने २१ वर्षीय प्रकाश बादी, छेडागाड नगरपालिका -५ बस्ने १८ वर्षीय बालकृष्ण परियार र साेहि वडाका १८ वर्षीय धर्मराज खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।  प्रहरी नायव निरिक्षक बिर बहादुर थापाकाे कमाण्डमा खटिएकाे  ५ जनाकाे टाेलिले  उद्दार गरी जिल्ला अस्पताल जाजरकाेट पठाएकाे जिल्ला प्रहरि कार्यालय जाजरकाेटका प्रहरी नायव उपरिक्षक परूषाेत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयाे । पाण्डेका अनुसार घटना सम्बन्धि अावश्यक अनुसन्धान भइरहेकाे छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *