• फाल्गुन १६, २०८१
  • No Comment
  • 140

चौकुनेमा स्वास्थ्य शिबिर संचालन १६० जना भन्दा बढिले सेवा लिए

सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ स्थित श्री सिद्धेश्वरी मा बि सान्नेघारीमा स्वास्थ्य शिबिर संचालन भएको छ । शिबिरमा आज पहिलो दिन १६० जना भन्दा बढीले सेवा लिएका छन् । चौकुनेगाउँपालिका तथा ७ न वडा कार्यालय र शंकर मेडिकल हल नेपालगञ्ज १० बाँकेको संयुक्त सहकार्यमा सिद्धेश्वरी मा बि सान्नेघारीमा स्वास्थ्य शिबिर संचालन भएको हो ।

वडा कार्यालयले शंकर मेडिकल संग गरेको सम्झौता अनुसार फागुन महिनाको १६ र १७ गते स्वास्थ्य बिशेषज्ञ डाक्टर सुभाष योगी र अवधेश कुमार बर्मा सहितको टोलीले स्वास्थ्य शिबिर संचालन गरेको वडा अध्यक्ष धनिराम धमलाले जानकारी दिनु भएको छ । शिबिरमा अधिकांश मुटुरोग ,ब्लड प्रेशर र फोक्सो सम्बन्धि समस्या भएका बिरामीहरु आएका थिए भने ,केही नशा सम्बन्धिका बिमारीहरु पनि आएका चौकुने स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनु भएको छ ।

आगामी दिनमा पनि शिबिरलाई निरन्तर अगाडि बढाउने र कस्ता किसिमका बिरामीहरु बढी मात्रामा देखिए सोही अनुसार बिशेषज्ञ डाक्टरहरु ल्याएर सेवा संचालन गरिने अध्यक्ष धमलाले बताउनु भएको छ । उहाँले निरन्तर स्वास्थ्य शिबिर संचालनका लागि अन्य अस्पताल तथा सम्बन्धित निकायसंग समेत सहकार्यका लागि कुरा गरि पुनः पनि संचालन गरिने बताउनु भएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *