• माघ ३०, २०८१
  • No Comment
  • 126

जुम्लामा लगातार दोस्रो भूकम्प, स्थानीयमा त्रास

जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प जाँदा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

यसअघि बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।

लगातार दुई भूकम्पको झट्काले स्थानीयहरु त्रसित बनेका छन्।

भने, राष्ट्रिय भूकम्प मापन केन्द्रले थप भूकम्पका झट्का आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

अहिलेसम्म भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको ठोस विवरण प्राप्त भएको छैन। तर, स्थानीय सरकार र सुरक्षा निकायहरूले क्षतिको आँकलन गर्न र आपतकालीन उद्धारको तयारी गर्न सुरु गरिसकेका छन्।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *