• माघ ३०, २०८१
  • No Comment
  • 178

जुम्लामा लगातार दोस्रो भूकम्प, स्थानीयमा त्रास

जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प जाँदा स्थानीयमा त्रासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

यसअघि बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।

लगातार दुई भूकम्पको झट्काले स्थानीयहरु त्रसित बनेका छन्।

भने, राष्ट्रिय भूकम्प मापन केन्द्रले थप भूकम्पका झट्का आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

अहिलेसम्म भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको ठोस विवरण प्राप्त भएको छैन। तर, स्थानीय सरकार र सुरक्षा निकायहरूले क्षतिको आँकलन गर्न र आपतकालीन उद्धारको तयारी गर्न सुरु गरिसकेका छन्।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *