• माघ ३०, २०८१
  • No Comment
  • 123

कालीकोटकी सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

कालीकोटकाे रासकोट नगरपालिका–६ निवासी ४० वर्षीय धने सार्कीकी श्रीमती बिस्ना सार्कीलाई हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पुर्‍याइएको छ। सुत्केरी हुन नसक्ने अवस्था भएपछि गाउँमै उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मी र सरकारको पहलमा उनलाई उद्धार गरिएको हो।

 बिस्ना सार्कीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्थानीय स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयसँग तत्काल सहयोगको आग्रह गरे। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सिफारिसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा हेलिकोप्टरको व्यवस्थापन गरियो।

हेलिकोप्टरको समयमै उपलब्धताले बिस्ना सार्कीको ज्यान बचाउन सफल भएको छ। उद्धारपछि धने सार्कीले सरकारले दुर्गम क्षेत्रका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमप्रति आभार व्यक्त गर्दै यसले थुप्रै विपन्न र जोखिममा परेका महिलाको जीवन रक्षा गर्न सहयोग पुगिरहेको बताए।

धने सार्कीका अनुसार, उनले आफ्ना साना बच्चाको हेरचाह गरिरहेका छन् भने जेठी छोरीलाई आमा बिस्नाको साथमा प्रदेश अस्पताल पठाइएको छ।

सरकारद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रमले कर्णाली र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन महत्वपूर्ण योगदान दिइरहेको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *