• माघ २८, २०८१
  • No Comment
  • 197

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे ३४ औँ स्थापना दिवस : विभिध कार्यक्रम गरि मनाउँदै

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ। टङ्गालस्थित आयोगको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी ३४ औँ स्थापना दिवस मनाइँदै छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गरिएको छ।

संविधानको धारा २३९ अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने अधिकार प्रदान गरिएको छ। यो निकायले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका माध्यमबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको प्रमाण भेटिएमा आयोगले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था छ।

३४ औँ वार्षिक प्रतिवेदनका मुख्य तथ्याङ्कहरू:

  • आर्थिक वर्ष २०८०/८१ मा आयोगमा कुल ३६,१८६ उजुरी दर्ता।
    • नयाँ उजुरी: २६,९१८।
    • अघिल्लो वर्षबाट बाँकी: ९,२६८।
  • फर्छ्यौट गरिएका उजुरी: २७,७१४।

अख्तियारको उद्देश्य:

  • भ्रष्टाचार नियन्त्रण।
  • सुशासन प्रवर्द्धन।
  • सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको पारदर्शिता र उत्तरदायित्व सुनिश्चितता।

स्थापना दिवसको अवसरमा अख्तियारले सुशासनको लक्ष्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *