• माघ २८, २०८१
  • No Comment
  • 251

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे ३४ औँ स्थापना दिवस : विभिध कार्यक्रम गरि मनाउँदै

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ। टङ्गालस्थित आयोगको कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी ३४ औँ स्थापना दिवस मनाइँदै छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गरिएको छ।

संविधानको धारा २३९ अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने अधिकार प्रदान गरिएको छ। यो निकायले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका माध्यमबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको प्रमाण भेटिएमा आयोगले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था छ।

३४ औँ वार्षिक प्रतिवेदनका मुख्य तथ्याङ्कहरू:

  • आर्थिक वर्ष २०८०/८१ मा आयोगमा कुल ३६,१८६ उजुरी दर्ता।
    • नयाँ उजुरी: २६,९१८।
    • अघिल्लो वर्षबाट बाँकी: ९,२६८।
  • फर्छ्यौट गरिएका उजुरी: २७,७१४।

अख्तियारको उद्देश्य:

  • भ्रष्टाचार नियन्त्रण।
  • सुशासन प्रवर्द्धन।
  • सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको पारदर्शिता र उत्तरदायित्व सुनिश्चितता।

स्थापना दिवसको अवसरमा अख्तियारले सुशासनको लक्ष्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *