• माघ २६, २०८१
  • No Comment
  • 135

जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाइते

जाजरकोटको भेरी नगरपालिका- १ रिगौटा मोड स्थित दल्ली देखि खलंगा तर्फ आउदै गरेको मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन ।
शनिबार विहान साढे ९ बजेको समयमा भे ५ ख ३६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका- २ रिसाङ कि ४० वर्षीय टली वि.क रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रहरी नायव उपरिक्ष पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार दुर्घटनामा परेर घाइते हुनेमा सोही जिल्लाको नलगाड नगरपालिका- १ का ३३ वर्षीय भिम बहादुर चदांरा रहेका छन ।

दुर्घटनामा परेका दुवै जनालाई जिल्ला अस्पताल जाजरकोट बाट नेपालगंज नर्सिगंहोममा रिफर गरिएको थियो । उपचारका क्रममा टली वि.क को मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु नाताले फुपु भदै हुन । दुर्घटनामा परेकाे मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी ले बताएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *