• माघ २५, २०८१
  • No Comment
  • 44

नेपाल महिला क्रिकेट टोली घरेलु मैदानमा जितविहीन

नेपाल महिला क्रिकेट टोली घरेलु मैदानमा जितविहीन रह्यो। महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। शुक्रवार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो। नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि कप्तान नरुएमोल चाइवाइले अविजित २७ रन बनाइन्। नन्नापाटले २३ रन र नाट्टाया बुचाथामले ११ रन बनाएका थिए। यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो। नेपालका लागि सम्झाना खड्काले सर्वाधिक १७ रन बनाइन्, भने कविता जोशीले १४, इन्दु बर्माले १० र रजमती ऐरीले ११ रन बनाइन्। अन्य खेलाडी दोहोरो अंकको रन जोड्न सकेनन्।

शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। चौथो खेलमा थाइल्यान्डसँग ५ विकेटले पराजित भएको नेपाल पाँचौं खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको थियो।

खेलाडीहरूले पराजित हुनुमा फिटनेसलाई दोष दिएका छन्। उनीहरूले फिटनेस नहुँदा खेलमा पराजय व्यहोर्नुपरेको बताएका छन्।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *