• माघ २५, २०८१
  • No Comment
  • 90

नेपाल महिला क्रिकेट टोली घरेलु मैदानमा जितविहीन

नेपाल महिला क्रिकेट टोली घरेलु मैदानमा जितविहीन रह्यो। महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। शुक्रवार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो। नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि कप्तान नरुएमोल चाइवाइले अविजित २७ रन बनाइन्। नन्नापाटले २३ रन र नाट्टाया बुचाथामले ११ रन बनाएका थिए। यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो। नेपालका लागि सम्झाना खड्काले सर्वाधिक १७ रन बनाइन्, भने कविता जोशीले १४, इन्दु बर्माले १० र रजमती ऐरीले ११ रन बनाइन्। अन्य खेलाडी दोहोरो अंकको रन जोड्न सकेनन्।

शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। चौथो खेलमा थाइल्यान्डसँग ५ विकेटले पराजित भएको नेपाल पाँचौं खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको थियो।

खेलाडीहरूले पराजित हुनुमा फिटनेसलाई दोष दिएका छन्। उनीहरूले फिटनेस नहुँदा खेलमा पराजय व्यहोर्नुपरेको बताएका छन्।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *