• माघ १९, २०८१
  • No Comment
  • 226

राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न

चौकुने गाउंपालिकामा सञ्चालन भएको सातौं पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि जीवन ज्योति मावि गुटुले जितेको छ । वडा नं. ७ को खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्ड कार्यक्रम समापन भएको छ ।

उक्त समापन कार्यक्रमको अध्यक्षता सिद्धेश्वरी मा. बि का बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र सोनी र प्रमुख अथिती चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपानेको रहेको थियो भने वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला ,वडा न ,८ का वडा अध्यक्ष कमल जि सी ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य भुपेन्द्र जोशीको बिशेश अतिथि रहेको थियो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको पालिका स्तरिय प्रतियोगितामा पैंतीस स्वर्णसहित जीवन ज्याति  मावि गुटु प्रथम भएको छ । १५ स्वर्ण,१० रजत,१० कास्य गरी ३५ वटा मेडल प्राप्त गरेर जीवन ज्योति माध्यमिक बिद्यालय प्रथम भएको छ ।

त्यस्तै ९ स्वर्ण,५ रजत,४कास्य गरी १८ वटा मेडल प्राप्त गरी सरस्वती मा वि घाटगाँउ द्वितीय भएको छ । यसैगरी ६ स्वर्ण,२ रजत,७ कास्य गरी १५ वटा मेडल प्राप्त गरी जगन्नाथ मा बि बिजौरा तृतीय भएको छ । पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्डमा पालिकाभरिका १२ बिद्यालयले सहभागिता जनाएका थिए ।

यस्तै पालिका स्तरीय रनिङ शिल्डमा सहयोग गर्ने सम्पुर्णलाई धन्याबाद दिँदै खेल क्षेत्रको विकासका लागि अगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने चौकुने गाउंपालिकाका अध्यक्ष खडक बिवसले बताउनु भयो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन गाउँपालिका टिम,खेलकुद विकास समिति,सुरक्षाकर्मी ,राजनीतिज्ञ,राजनीतिक दल,नागरिक समाज,कर्मचारी सञ्चारकर्मी,स्थानीय जनता,शिक्षक,विद्यार्थी,अभिभावक र सरोकारवाला निकायहरूको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *