• माघ १७, २०८१
  • No Comment
  • 27

कस्तो रहला देशभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

बिहान पौने ६ बजेको काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ । काठमाडौँ उपत्यकामा बिहान केही बदली भए पनि दिउँसो सामान्यतया मौसम सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित खबर

चन्द्रनिगापुरमा विद्युत् चुहावट गर्ने ७ जना पक्राउ

चन्द्रनिगापुरमा विद्युत् चुहावट गर्ने ७ जना पक्राउ

नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) चन्द्रनिगापुर शाखाले विद्युत् चुहावट गर्ने सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले मिटरको शील तोडेर,…
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : नेपाल आज लेबनानसँग भिड्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : नेपाल आज लेबनानसँग भिड्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।…
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *