• माघ १६, २०८१
  • No Comment
  • 154

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।

विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न

चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा संस्थागत पालिका…

सुर्खेत। चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। स्याक नेपालको…
बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

बिचौलियाको प्रभावबाट सचेत रहन रवि लामिछानेको आग्रह

 काठमाडाैं। रवि लामिछानेले देशमा बिचौलियाहरूको प्रभाव बढ्दो रहेको भन्दै उनीहरूसँग कुनै पनि साँठगाँठ गर्नुअघि सहिदका परिवारको त्याग सम्झिन आग्रह गरेका छन्।…
बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

बाजुराकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइयो

सुर्खेत — बाजुराबाट एक सुत्केरी महिलालाई जटिल स्वास्थ्य अवस्थाका कारण हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। बडीमालिका गाउँपालिका की २१ वर्षीया…

Leave a Reply

Your email address will not be published. Required fields are marked *