• माघ १६, २०८१
  • No Comment
  • 8

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।

विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

अमेरिकाको आकाशमा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किए

अमेरिकाको आकाशमा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किए

वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय…
त्रिदेशीय महिला टी–२०आई सिरिज : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

त्रिदेशीय महिला टी–२०आई सिरिज : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी–२०आई सिरिज सुरू हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको…
सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड…

सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । चौकुने गाउँपालिकाको सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *