• माघ १४, २०८१
  • No Comment
  • 36

तौल घटाउदा यी चार फलफुल भुलेर नखानुहोस

२१औँ शताब्दीमा फिटनेस सबैको जीवनको अभिन्न अंग बनेको छ । धेरै जसो मानिसहरु आफूलाई फिट राख्न तौल घटाइ रहेका छन् र साथ–साथै यसका लागि डाइट पनि लिइरहेका छन् ।

आज–भोलि सोसल मिडियामा राख्ने विभिन्न किसिमका डाइटले गर्दा कुन खानेकुरा खानु उचित हुन्छ भन्ने जानकारी लिन नै गार्हो परेको छ । वेट लस गर्दा गरिने डाइटमा फलफूललाई समावेश गरिएको हुन्छ । तर के तपाईँलाई थाहा छ, वेट लसको जर्निमा कुन फलफूलको सेवन गर्ने र कुन फलफूलबाट टाढै रहने ?

आउनुहोस् जानि राखौं यी चार फलफूलहरुका बारेमा, जुन वेट लसको जर्निमा खानु हुँदैन । यदि यस्ता चार फलफुल खाँदै हुनुहुन्छ भने तपाईको तौल घट्नमा समस्या पैदा हुन्छ।

एभोगाडो
वेट लसमा हामी सबैभन्दा बढी एभोगाडोको प्रयोग गर्ने गर्छौ । वेट लस जर्निमा रहदा कम क्यालोरी भएको खानेकुरा खानुपर्दछ । १०० ग्राम एभोगाडोमा करिब १६० क्यालोरि हुन्छ, जसले गर्दा तौल घटाउँदा आफ्नो डाइटमा एभोगाडोलाई समावेश गर्नु हुँदैन। हुन त एभोगाडो हेल्दि फ्याटको सबैभन्दा राम्रो सोर्स भएता पनि यसको प्रयोगले तौललाई झन् बढाउने भएकाले एभोगाडोबाट यस जर्निमा टाढै रहनु पर्दछ ।

नरिवलको क्रीम

नरिवलको पानी स्वास्थ्यको लागि अति नै आवश्यक पर्दछ । तर नरिवलको क्रीम धेरै मात्रामा सेवन गर्दा तौल बढ्छ । नरिवल क्रीममा क्यालोरि र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । यसै कारण वेट लसको जर्निमा रहँदा नरिवल क्रीमको सेवनबाट टाढै रहनु पर्दछ ।

केरा

फलफुलमध्यको केरा सुपर हेल्दि खानेकुरामा पर्न जान्छ, जसका कारण वेट लसको जर्निमा केराको बढी मात्रामा सेवन गर्न सकिँदैन । किनकि केरामा क्यालोरी धेरै हुनुका साथै यसमा प्राकृतिक सुगरको मात्रा पनि बढी हुने गर्दा यसको सेवनले तौल बढ्न जान्छ । एउटा केरामा करिब १५० क्यालोरि र लगभग ३७.५ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।

आँप

आँपमा पनि बढी मात्रामा क्यालोरी पाइन्छ, जसका कारण वेट लसको जर्निमा आँपको सेवनले समस्या पैदा गराउँछ ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *