• माघ १४, २०८१
  • No Comment
  • 158

तौल घटाउदा यी चार फलफुल भुलेर नखानुहोस

२१औँ शताब्दीमा फिटनेस सबैको जीवनको अभिन्न अंग बनेको छ । धेरै जसो मानिसहरु आफूलाई फिट राख्न तौल घटाइ रहेका छन् र साथ–साथै यसका लागि डाइट पनि लिइरहेका छन् ।

आज–भोलि सोसल मिडियामा राख्ने विभिन्न किसिमका डाइटले गर्दा कुन खानेकुरा खानु उचित हुन्छ भन्ने जानकारी लिन नै गार्हो परेको छ । वेट लस गर्दा गरिने डाइटमा फलफूललाई समावेश गरिएको हुन्छ । तर के तपाईँलाई थाहा छ, वेट लसको जर्निमा कुन फलफूलको सेवन गर्ने र कुन फलफूलबाट टाढै रहने ?

आउनुहोस् जानि राखौं यी चार फलफूलहरुका बारेमा, जुन वेट लसको जर्निमा खानु हुँदैन । यदि यस्ता चार फलफुल खाँदै हुनुहुन्छ भने तपाईको तौल घट्नमा समस्या पैदा हुन्छ।

एभोगाडो
वेट लसमा हामी सबैभन्दा बढी एभोगाडोको प्रयोग गर्ने गर्छौ । वेट लस जर्निमा रहदा कम क्यालोरी भएको खानेकुरा खानुपर्दछ । १०० ग्राम एभोगाडोमा करिब १६० क्यालोरि हुन्छ, जसले गर्दा तौल घटाउँदा आफ्नो डाइटमा एभोगाडोलाई समावेश गर्नु हुँदैन। हुन त एभोगाडो हेल्दि फ्याटको सबैभन्दा राम्रो सोर्स भएता पनि यसको प्रयोगले तौललाई झन् बढाउने भएकाले एभोगाडोबाट यस जर्निमा टाढै रहनु पर्दछ ।

नरिवलको क्रीम

नरिवलको पानी स्वास्थ्यको लागि अति नै आवश्यक पर्दछ । तर नरिवलको क्रीम धेरै मात्रामा सेवन गर्दा तौल बढ्छ । नरिवल क्रीममा क्यालोरि र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । यसै कारण वेट लसको जर्निमा रहँदा नरिवल क्रीमको सेवनबाट टाढै रहनु पर्दछ ।

केरा

फलफुलमध्यको केरा सुपर हेल्दि खानेकुरामा पर्न जान्छ, जसका कारण वेट लसको जर्निमा केराको बढी मात्रामा सेवन गर्न सकिँदैन । किनकि केरामा क्यालोरी धेरै हुनुका साथै यसमा प्राकृतिक सुगरको मात्रा पनि बढी हुने गर्दा यसको सेवनले तौल बढ्न जान्छ । एउटा केरामा करिब १५० क्यालोरि र लगभग ३७.५ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।

आँप

आँपमा पनि बढी मात्रामा क्यालोरी पाइन्छ, जसका कारण वेट लसको जर्निमा आँपको सेवनले समस्या पैदा गराउँछ ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *