• माघ १४, २०८१
  • No Comment
  • 29

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।

उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ‍ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम: सुदूरपश्चिममा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम: सुदूरपश्चिममा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले आज देशभरको मौसम पूर्वानुमान जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको…
नेपालले हङकङलाई ३ विकेटले पराजित गर्‍यो

नेपालले हङकङलाई ३ विकेटले पराजित गर्‍यो

नेपालको यू-१९ टोलीले तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत हङकङलाई ३ विकेटले पराजित गरेको छ। मुलपानीस्थित क्रिकेट मैदानमा हङकङले दिएको ११४ रनको लक्ष्य…
मधेसका मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि प्रदान

मधेसका मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि प्रदान

यस वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा होली पर्वको अवसरमा आयोजित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *