• माघ १४, २०८१
  • No Comment
  • 111

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।

उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ‍ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *