• चैत्र १, २०८१
  • No Comment
  • 87

मधेसका मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ को उपाधि प्रदान

यस वर्षको ‘महामूर्ख’ उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा होली पर्वको अवसरमा आयोजित ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

मिनापले हरेक वर्ष होली पर्वको अवसरमा हास्यव्यङ्ग्य तथा सांस्कृतिक कार्यक्रमसहित महामूर्ख उपाधि वितरण गर्दै आएको छ। कार्यक्रममार्फत मिथिलाको कला, संस्कृति, तथा पौराणिक परम्पराको संरक्षणमा योगदान पुर्‍याइँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। उनका अनुसार होली पर्वको परम्परा, ख्यालठट्टा तथा मैथिली भाषामा गाइने जोगिरा गीतको प्रवर्धन गर्न यो कार्यक्रम आयोजना गरिन्छ।

वि.सं. २०६१ देखि सुरु गरिएको महामूर्ख उपाधि वितरण परम्पराअनुसार यसअघि मैथिली कवि नरेश ठाकुर, नेता शीतल झा, जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, सद्भावना पार्टीका नेता ओमकुमार झा, साहित्यकार डा. राजेन्द्र विमल, पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडी भ्रमर, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका नेता डा. विजयकुमार सिंह, नेता शत्रुधन महतो, समाजसेवी पवन सिङ्घानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जसपाका नेता लालकिशोर साह, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अर्थविद् डा. भोगेन्द्र झा तथा जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साहलाई समेत यो उपाधि प्रदान गरिएको थियो।

वि.सं. २०७३ मा सप्तरीको मलेठ घटनाका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो। मिनापले हास्यव्यङ्ग्य तथा मिथिला संस्कृति संरक्षणमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *