• माघ १३, २०८१
  • No Comment
  • 35

टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेश पुलिससँग पराजित

एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो।

पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि पाँचौँ सेटमा सम्हालिन नसक्दा खेल गुमाउनु पर्‍यो।

पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियो।

पाँचौँ सेटमा गण्डकीले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले नतिजा गुमायो।

अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ। यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साबिक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो।

यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *