• फाल्गुन २९, २०८१
  • No Comment
  • 130

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै, ५६ जिल्लामा सार्वजनिक बिदा

नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) रंगहरूको उत्सव होली अर्थात् फागु पर्व उल्लासपूर्वक मनाईँदैछ। फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व आज पहाडी तथा हिमाली जिल्लामा मनाइँदैछ भने तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइनेछ।

होली पर्वको अवसरमा सरकारले देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई विभिन्न रंग र लोला खेल्दै परम्परागत रूपमा होली मनाउने चलन छ।

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरीत जबर्जस्ती रंग नदल्न र लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा हुने उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। सुरक्षा निकायका अनुसार, जबर्जस्ती रंग दल्ने वा अशोभनीय गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही गरिनेछ।

केही वर्षअघिसम्म काठमाडौँ उपत्यकामा उत्ताउलोरूपमा मनाइने होली प्रहरीको सक्रियताका कारण पछिल्ला वर्षहरूमा अनुशासित बन्दै गएको छ। सडकमा हिँड्नेलाई इच्छा विपरीत रंग दल्ने वा लोला हान्ने प्रवृत्तिमा कमी आएको देखिन्छ।

होली पर्व धार्मिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। त्रेता युगमा दैत्यराज हीरण्यकश्यपले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले नजल्ने वरदानप्राप्त आफ्नी बहिनी होलिकालाई प्रह्लादसँग आगोमा बस्न लगाएका थिए। तर, होलिका आफैँ भष्म भइन् भने भक्त प्रह्लादलाई आगोले केही गर्न सकेन। यही धार्मिक कथालाई आधार मानेर होली पर्व मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

 

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *