• फाल्गुन ३०, २०८१
  • No Comment
  • 6

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने छ। साथै, पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मौसमको यस अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खबर

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई…
उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको सेवन गर्नु हानीकारक

उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको…

बदामलाई विशेष पोषक तत्त्व मानिन्छ। जाडो मौसममा चिसो बदाम खान सबैलाई मनपर्छ। यसमा प्रोटिन, फाइबर, आइरन, जिंक, पोटासियम र फ्याटी एसिड…
जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *