• माघ ११, २०८१
  • No Comment
  • 30

यु–१९ महिला विश्वकप क्रिकेट : आज नेपालद्वारा मलेसिया पराजित

आइसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।

मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन् । यसैगरी, ज्योत्सिन्का मरासिनले सात र सिमाना केसीले अविजित चार रन जोडिन् । बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले तीन विकेट लिइन् ।

 

यसअघि ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले तीन विकेट लिइन् । त्यसैगरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिए ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलङ्का र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *