• माघ ११, २०८१
  • No Comment
  • 60

आईसीसी यू–१९ महिला विश्‍वकप : प्लेअफमा नेपालले मलेसियासँग खेल्दै

आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ को समूह चरणबाट अघि बढ्न नसकेको नेपालले आज प्लेअफ खेल खेल्दै छ । नेपालले समूह ए बाट बाहिरिएको मलेसियासँग प्लेअफमा खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा मलेसियाको कप्तानमा नुर दानिया सुहादा छन् ।

 

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

उता मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इन्डिज रहेको समूहमा परेको थियो । मलेसिया तीनवटै खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।

पहिलोपटक विश्‍वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सिधै विश्‍वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्‍वकपमा प्रवेश गरेको थियो ।

आजै विहान हुने अर्को प्लेअफ खेलमा पाकिस्तान र सामोआ खेल्ने छन् । समूह चरणमा जितविहीन रहेका चारवटै टोलीलाई घर फर्कनुअघि सान्त्वना जित निकाल्ने अवसर छ ।

 

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *