• माघ ११, २०८१
  • No Comment
  • 218

आईसीसी यू–१९ महिला विश्‍वकप : प्लेअफमा नेपालले मलेसियासँग खेल्दै

आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ को समूह चरणबाट अघि बढ्न नसकेको नेपालले आज प्लेअफ खेल खेल्दै छ । नेपालले समूह ए बाट बाहिरिएको मलेसियासँग प्लेअफमा खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा मलेसियाको कप्तानमा नुर दानिया सुहादा छन् ।

 

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

उता मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इन्डिज रहेको समूहमा परेको थियो । मलेसिया तीनवटै खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।

पहिलोपटक विश्‍वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सिधै विश्‍वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्‍वकपमा प्रवेश गरेको थियो ।

आजै विहान हुने अर्को प्लेअफ खेलमा पाकिस्तान र सामोआ खेल्ने छन् । समूह चरणमा जितविहीन रहेका चारवटै टोलीलाई घर फर्कनुअघि सान्त्वना जित निकाल्ने अवसर छ ।

 

सम्बन्धित खबर

कपाल ‘एक्सटेन्सन’मा स्तन क्यान्सरसँग सम्बन्धित खतरनाक रसायन पाइयो

कपाल ‘एक्सटेन्सन’मा स्तन क्यान्सरसँग सम्बन्धित खतरनाक रसायन पाइयो

काठमाडौं । विश्वभर प्रयोग हुने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोन असन्तुलन तथा प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू फेला परेको…
कर्णालीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कर्णालीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश…
सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार…

सुर्खेत।  माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सुर्खेत जिल्लाबाट कुल ९ हजार ७ सय ७४ जना विध्यार्थी सहभागी हुने भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *