• माघ १०, २०८१
  • No Comment
  • 33

काभ्रेको महाभारत जंगलमा आगलागी, आगाे अझै फैलिने सम्भावना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो। हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *