• माघ १०, २०८१
  • No Comment
  • 174

काभ्रेको महाभारत जंगलमा आगलागी, आगाे अझै फैलिने सम्भावना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो। हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *