• माघ ७, २०८१
  • No Comment
  • 34

दाङमा रुखबाट खसेर मृत्यु भएका भनिएकाे व्यक्तिको गोली लागेको प्रहरीको पुष्टि

दाङमा रुखबाट खसेर मृत्यु भएका भनिएका एक युवकको गोली लागेर मृत्यु भएको पुष्टि भएपछि २ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–२ निवासी २२ वर्षका छविलाल डाँगी र सोही ठाउँ निवासी २७ वर्षका पुष्पलाल बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

माघ ३ गाउँकै राजाकोट सामुदायिक वनमा शिकार खेल्न गएका ३ मध्य दंगीशरण गाउँपालिका–२ कौवाघारी निवासी २५ वर्षका प्रेम बहादुर कुसारीको भरुवा बन्दुको छर्राले लागेर मृत्यु भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । गएको बिहीबार रुखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नर्सिङहोम नेपालगंज लगिएका कुसारीको उपचारको क्रममा सोहीदिन राति ८ बजे मृत्यु भएको थियो ।

घटना शङ्कास्पद रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी अर्जुनप्रसाद तिमिल्सिनाको नेतृत्वमा शुक्रबार घरमैको पुगेको प्रहरीले मृतक कुसारीको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि नेपालगंज पठाएको थियो ।

पोष्टमार्टमका क्रममा मृतक कुसारीको खुट्टाको साँप्रा र शरीरका विभिन्न भागमा भरुवा बन्दुकका छर्रा फेला परेपछि प्रहरीले शिकार खेल्न गएका दुई जना साथी डाँगी र बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । घटनाको विषयमा पक्राउ परेका दुबै जनाको कुरा बाझिएको भन्दै डीएसपी तिमिल्सिनाले विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने बताए ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *