• माघ ७, २०८१
  • No Comment
  • 126

दाङमा रुखबाट खसेर मृत्यु भएका भनिएकाे व्यक्तिको गोली लागेको प्रहरीको पुष्टि

दाङमा रुखबाट खसेर मृत्यु भएका भनिएका एक युवकको गोली लागेर मृत्यु भएको पुष्टि भएपछि २ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–२ निवासी २२ वर्षका छविलाल डाँगी र सोही ठाउँ निवासी २७ वर्षका पुष्पलाल बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

माघ ३ गाउँकै राजाकोट सामुदायिक वनमा शिकार खेल्न गएका ३ मध्य दंगीशरण गाउँपालिका–२ कौवाघारी निवासी २५ वर्षका प्रेम बहादुर कुसारीको भरुवा बन्दुको छर्राले लागेर मृत्यु भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । गएको बिहीबार रुखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नर्सिङहोम नेपालगंज लगिएका कुसारीको उपचारको क्रममा सोहीदिन राति ८ बजे मृत्यु भएको थियो ।

घटना शङ्कास्पद रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी अर्जुनप्रसाद तिमिल्सिनाको नेतृत्वमा शुक्रबार घरमैको पुगेको प्रहरीले मृतक कुसारीको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि नेपालगंज पठाएको थियो ।

पोष्टमार्टमका क्रममा मृतक कुसारीको खुट्टाको साँप्रा र शरीरका विभिन्न भागमा भरुवा बन्दुकका छर्रा फेला परेपछि प्रहरीले शिकार खेल्न गएका दुई जना साथी डाँगी र बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । घटनाको विषयमा पक्राउ परेका दुबै जनाको कुरा बाझिएको भन्दै डीएसपी तिमिल्सिनाले विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने बताए ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *