• माघ २, २०८१
  • No Comment
  • 182

रवि लामिछानेका समर्थकले गरे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात

राष्ट्रिय स्वतन्त्र पार्टि रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन ।
त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको छ । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो ।

त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगिएको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए ।

प्रहरीले भने अधिवक्ता त्रिपाठीमाथि हातपात नभएको दाबी गरेको छ । ’स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उहाँमाथि भिडभाडतिर जानुभएछ । त्यसपछि धक्काधक्की भएको हो,’ जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने, ’डीएसपीको कमाण्डमा हाम्रो टोली त्यही छ ।’

तर समर्थकले हातपात गर्न खाेजकाे देखिन्छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *