• माघ २, २०८१
  • No Comment
  • 209

रवि लामिछानेका समर्थकले गरे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात

राष्ट्रिय स्वतन्त्र पार्टि रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन ।
त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको छ । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो ।

त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगिएको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए ।

प्रहरीले भने अधिवक्ता त्रिपाठीमाथि हातपात नभएको दाबी गरेको छ । ’स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उहाँमाथि भिडभाडतिर जानुभएछ । त्यसपछि धक्काधक्की भएको हो,’ जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले भने, ’डीएसपीको कमाण्डमा हाम्रो टोली त्यही छ ।’

तर समर्थकले हातपात गर्न खाेजकाे देखिन्छ ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *