• माघ २, २०८१
  • No Comment
  • 34

सामाजिक संजालमा भाइरल अभियान्ता आशिका तामाङ पक्राउ

बिभिन्न स्थानमा हुने अप्रत्यासित गतिबिधीका बिरुद्ध चर्को रुपमा बिरोध गर्दै आईरहेकी सामाजिक संजालमा भाइरल अभियान्ता आशिका तामाङ्ग पक्राउ परेकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउदै उनले सार्वजनिक स्थानमा लिईने पार्किगं शुल्क, जथाभावी फोहोर गर्नेहरुका बिरुद्ध खरो रुपमा बिरोध गर्ने गरेकी थिईन ।

सार्वजनिक स्थानमा पिसाव गर्दै गरेको भिडियो खिचेर माफी मगाउने र जथाभावी फोहोर गर्नेलाई फोहोर टिप्न लगाएका भिडियोहरु सामाजिक संजालमा भाईरल बनेका छन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेर हिरासतमा लिएकोे प्रहरीले जनाएको छ ।

अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ । तामाङलाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आज देशभरको मौसम

आज देशभरको मौसम

 हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी…
सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही…
यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

यी तरकारीहरू बोक्रासहित खानुहोस्, स्वास्थ्यलाई मिल्नेछ दोहोरो फाइदा

तरकारीहरू हाम्रो स्वास्थ्यको लागि अति लाभदायक मानिन्छन्। तर, तिनीहरूलाई उपयुक्त तरिकाले खानु अझै महत्त्वपूर्ण हुन्छ। धेरैजसो व्यक्तिहरू अनजानमा केही तरकारीहरूको बोक्रा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *