• माघ २, २०८१
  • No Comment
  • 148

सामाजिक संजालमा भाइरल अभियान्ता आशिका तामाङ पक्राउ

बिभिन्न स्थानमा हुने अप्रत्यासित गतिबिधीका बिरुद्ध चर्को रुपमा बिरोध गर्दै आईरहेकी सामाजिक संजालमा भाइरल अभियान्ता आशिका तामाङ्ग पक्राउ परेकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउदै उनले सार्वजनिक स्थानमा लिईने पार्किगं शुल्क, जथाभावी फोहोर गर्नेहरुका बिरुद्ध खरो रुपमा बिरोध गर्ने गरेकी थिईन ।

सार्वजनिक स्थानमा पिसाव गर्दै गरेको भिडियो खिचेर माफी मगाउने र जथाभावी फोहोर गर्नेलाई फोहोर टिप्न लगाएका भिडियोहरु सामाजिक संजालमा भाईरल बनेका छन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेर हिरासतमा लिएकोे प्रहरीले जनाएको छ ।

अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ । तामाङलाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको…
लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *