• पुस २१, २०८१
  • No Comment
  • 39

  दुई दिनदेखि लगातार हुस्सु र कुहिरो लाग्दा तराईको जनजीवन प्रभावित

लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।

तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो ।

आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८ः५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिनुभयो । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए ।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

चार राउण्ड हवाई फायर गरी २ जना भारतीय लागुऔषध…

कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल…
आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदली रहि, तराई भुभागमा हुस्सु तथा कुहिरो

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा…

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशा खाले जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र…
पेट स्वस्थ राख्नका लागि खानामा यी खानेकुरा समावेश गर्नुहोस

पेट स्वस्थ राख्नका लागि खानामा यी खानेकुरा समावेश गर्नुहोस

यदि तपाईं आफ्नो पेटको स्वास्थ्यलाई स्वस्थ राख्न चाहनुहुन्छ भने फलफूल, तरकारी, सम्पूर्ण अन्न, सिमी र बदाम खानुहोस्। यसबाहेक, तपाईं प्रीबायोटिक्स पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *