• पुस १६, २०८१
  • No Comment
  • 106

कस्तो रहला आज सात प्रदेशको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशीक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशक हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आज मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *