- साउन १५, २०८२
- No Comment
- 104
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल आसपासमा सक्रिय रहेकाले देशका विभिन्न भू-भागमा बदलीसहित वर्षा भइरहेको छ।
हाल बागमती प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा सामान्य बदली रहेको छ भने तराईका भू-भागमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
यस्तै, आगामी २४ घण्टामा पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनु आवश्यक रहेको महाशाखाले जनाएको छ। महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन तथा नियमित रूपमा मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।



