• पुस १३, २०८१
  • No Comment
  • 239

कर्णलीमा पल्टीयो डोजर, डोजरसहित एक जना बेपत्ता

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन ।

शुक्रबार बेलुका पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएका छन ।
प्रहरीका अनुसार चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन । बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।
उनको खाजीकार्य जारी रहेको छ । थप जानकारी आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *