• पुस १२, २०८१
  • No Comment
  • 12

आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार(आज) साँझ देखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

विभागले पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझ देखि मुलुकका धेरै स्थानमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण आज अपरान्ह देखि शनिबार सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हिमपात र चिसाको कारण दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

२१ वर्षे प्रहरी जवानले आफैँमाथि चलाए गोली

२१ वर्षे प्रहरी जवानले आफैँमाथि चलाए गोली

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार…
हुम्लामा तेस्रो पटक हिमपात, सिमकोटमा जनजीवन  धेरै प्रभावित

हुम्लामा तेस्रो पटक हिमपात, सिमकोटमा जनजीवन धेरै प्रभावित

हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल…
कर्णलीमा पल्टीयो डोजर, डोजरसहित एक जना बेपत्ता

कर्णलीमा पल्टीयो डोजर, डोजरसहित एक जना बेपत्ता

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *