• पुस १२, २०८१
  • No Comment
  • 193

आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार(आज) साँझ देखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

विभागले पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझ देखि मुलुकका धेरै स्थानमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण आज अपरान्ह देखि शनिबार सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हिमपात र चिसाको कारण दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *