• पुस ८, २०८१
  • No Comment
  • 194

कोरियमा स्वर्गेबास भएका छोराको सम्झनामा पञ्चपुरी –३ का धर्ती परिवारद्वारा विद्यार्थिलाई पोशाक बितरण

पञ्चपुरी -३ निवासी बुवा स्व.चन्द्रबहादुर घर्ती र आमा लली घर्तीको साइँला छोरा,दाजुहरू खड्कबहादुर घर्ती मगर र ठगबहादुर घर्ती मगरको भाइ र टोपबहादुर घर्तीको दाई स्व.जीवन घर्तीमगरको रोजगारीको सिलसिलामा कोरियामा दुर्घटना भै दुखद निधन भएको सम्झनामा श्री सुन्दर जनजागरण प्रा.वि.पञ्चपुरी-३, लामिदामारमा सरस्वती मन्दिर निर्माणका लागि साथै विद्यार्थी भाइ बहिनीहरुलाई ज्याकेट,टिसर्ट र ट्राउजर(पोसाक)र स्टेसनरी वितरण गर्नु भएको छ ।

आफ्नो स्वर्गिय छोरा दाजुको स्मृति दिवसमा उक्त विद्यालयका विद्यार्थिलाई पोशाक र स्टेसनरी सामान बितरण गरिएको हो ।रोजगारीको शिलशिलामा कोरिया गएका छोरा जीवनघर्ती मगरको दुःखद निधन भएको थियो ।

स्वर्गीय जीवन घर्तीको सम्झना र सम्मान स्वरुप विद्यार्थिलाई पोशाक र स्टेसनरी सामान बितरण गरेको स्थानीय झक्की सिजापतीले बताउनुभएको छ ।“पवित्र कार्यमा सहकार्य गर्नुभएकोमा घर्ती परिवारलाई प्र अ देवुमाया चपाईले धन्यावाद सहित , “स्वर्गिय जीवन घर्तीलाई श्रदासुमन र शोकाकुल परिवारलाई हार्दिक समवेदना ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *