• पुस ८, २०८१
  • No Comment
  • 163

चौकुने गाउँपालिकाले गर्यो प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालकाे बिदाई

दिलिप कडेल, सुर्खेत।  चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाललाई चौकुने गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान सहित बिदाइ गरेकाे छ । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले नगेन्द्र प्रसाद रिजाल कुशल प्रशासक रहेको चर्चा गर्दै उहाँले चौकुनेको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताउनु भएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले लामो समयसम्म सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्दै उहाँ जहाँ गएपनि सफल कार्यकालको शुभकामना दिनु भएको छ । बिदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालले आफुले चौकुने गाउँपालिकाबाट धेरै अनुभव संगालेको बताउनु भयो ।

कर्मचारी तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव चौकुने गाउँपालिकाबाट प्राप्त गरेको उहाँको भनाइ थियो । चौकुने गाउँपालिकाले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका रोजगार शाखा प्रमुख कमल कृष्ण जैसी , शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा , योजना शाखा प्रमुख जगदीश पाण्डे लगाएतकाले विदाइ मन्तव्य राख्दै रिजालमा सबै कर्मचारीलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उहाँको प्रसंशा गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालको सरुवा रोल्पामा भएकाे छ । करिब ४ महिना भन्दा बढी चौकुने गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेकाे चौकुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *