- पुस ४, २०८१
- No Comment
- 35
सुर्खेतमा कोठाभित्र निसास्सिएर आमा -छोराको मृत्यु, छोरी घाइते
![सुर्खेतमा कोठाभित्र निसास्सिएर आमा -छोराको मृत्यु, छोरी घाइते](https://laikakhabar.com/wp-content/uploads/2024/12/470842881_8012482402188453_1276469904206059561_n.jpg)
सुर्खेतमा घरको कोठाभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन ।
बुधबार राती सुर्खेको वीरेन्द्रनगर-४ भैरबस्थानस्थित समावेशी टोलमा काेइला बालेर सुतेका परिवार बिहीबार विहान मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन ।
प्रहरीले घटनाको खबर पाउन तत्कालै ३ जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाँउ पुर्याएको थियो । त्यस्तै आमा र छोरालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका
अनुसार देवीसराका ९ वर्षीया छोरी रिया थापाको कणर्ाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।