• मंसिर २०, २०८१
  • No Comment
  • 208

जाडोमा तातो पानीले नुहाउनु हुन्छ ? यी कुरामा सावधान हुनुहोस्

चिसोले सबैलाई गाँजिरहेका बेला मानिसहरु चिसो पानी छोडेर तातो पानीले नुहाउन सुरु गर्छन् । यदि तपाईं पनि तातो पानीले नुहाउन सुरु गरिसक्नुभएको छ भने थोरै सावधान हुनुहोस् किनभने तातो पानीले नुहाउनु हानिकारक हुनसक्छ ।

छालारोग विशेषज्ञ अपूर्व जैनका अनुसार तातो पानीले नुहाउने बानी छाला र कपाल दुबैका लागि निकै हानिकार हुनसक्छ । त्यसरकारण सधैं मनतातो पानीको प्रयोग गर्नुहोस् ।

तातोपानीले १० मिनेटभन्दा बढि नुहाउनु हुँदैन । यसले छालाको नरमपनमा ह्रास ल्याउँछ । यसले छाला रुखो हुनुका साथै उचित स्याहार नगरे फुट्छ ।

यदि तपाईं तातो पानीले माशंपेशीलाई आराम मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनभने यसले छालाले निकाल्ने प्राकृतिक तेललाई प्रभावित गर्दछ । यसले पनि छालालाई रुखो बनाउँछ ।

लगातार तातो पानीले नुहाउनुको साटो बिचमा चिसो पानी वा मनतातो पानीले नुहाउनुहोस् । यसले छालालाई नरम बनाइराख्छ । तातोपनीले नुहाउनाले शरिरको अन्तरिक तापमा ह्रास आउँछ । र चिसो वातावरणमा शरिर मिल्न सक्दैन । यस्तो अवस्थामा रुघा, खोकीजस्तो साइड इफेक्टको सामना गर्नुपर्ने हुन्छ ।

बास्नादार साबुनले नुहाउँदा पनि छाला रुखो हुने गर्दछ । यसले चिलाउने र छालाको माथिल्लो भाग रुखो भएर झर्ने जस्तो समस्या हुनसक्छ ।

नुहाएपछि छालालाई नरम बनाइराख्न शरिरलाई तीन मिनेटसम्म मोइस्चुराइजर लगाएर माड्नुहोस् । किनभने छाला रुखो भए त्यसमा ब्याक्टेरिया र एलर्जेन्स एक्टिभ हुने गर्दछ ।

नुहाउन प्रयोग गरिने ‘जाली’ लाई लामो समयसम्म प्रयोग नगुर्नहोस् । यसलाई प्रत्येक तीन महिनामा परिवर्तन गर्नुहोस् । किनभने पुरानो जालीमा ब्याक्टेरिया बढ्नसक्ने भएकाले छालासम्बन्धि समस्या देखिनसक्छ ।

त्ससैले नुहाउने क्रममा  मनताताे पानिकाे प्रयाेग गर्दा स्वास्थ्य राम्राे हुन्छ ।

 

सम्बन्धित खबर

चौरजहारीका मेयर पुष्प वादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

चौरजहारीका मेयर पुष्प वादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं — पुष्प वादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका मेयर वादीलाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान…
कपाल ‘एक्सटेन्सन’मा स्तन क्यान्सरसँग सम्बन्धित खतरनाक रसायन पाइयो

कपाल ‘एक्सटेन्सन’मा स्तन क्यान्सरसँग सम्बन्धित खतरनाक रसायन पाइयो

काठमाडौं । विश्वभर प्रयोग हुने कपाल विस्तार (हेयर एक्सटेन्सन)मा स्तन क्यान्सर, हार्मोन असन्तुलन तथा प्रजनन समस्यासँग सम्बन्धित खतरनाक रसायनहरू फेला परेको…
कर्णालीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कर्णालीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *