• मंसिर १५, २०८१
  • No Comment
  • 13

जाजरकोटमा सडक मर्मतका क्रममा माटोले पुरिएर ३ जना गम्भीर घाइते

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर ३ जना गम्भीर घाइते भएका छन ।
जुनिचाँदे गाउँपालिका – २ देसीपाटा स्थित विश्वखाध्य कार्यक्रम अन्र्तगत सुयडा देखि मजकोट जाने सडक मर्मतका क्रममा शनिबार विहान १० बजेको समयमा काम गर्ने ३ जना मजदुर घाइते भएका हुन ।
घाइते हुनेमा जुनीचाँदे गाउँपालिका- २ का ३२ वर्षीय राम बहादुर वड, सोही वडाका २५ वर्षीय निर्मला शाही, २२ वर्षीय फुलमाया लुहार र ३५ वर्षीय नर बहादुर वड रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार माटोको ढिस्कोले पुरिएका घाइतेहरुको उद्दार भइसकेको छ । साथै,  प्रहरी सहायक निरिक्षक खेम खत्रीकाे कमाण्डमा ५ जनाको टोलीले उपचारका लागि जिल्ला अस्पताल जाजरकाेट पुर्याएकाे छ ।  थप विवरण आउँन बाँकि रहेको छ ।

सम्बन्धित खबर

जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन । जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले…
मोरङमा सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका तीनजना सार्वजनिक

मोरङमा सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका तीनजना सार्वजनिक

मोरङमा एक युवतीमाथि सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय…
गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाद्धारा ५ राउन्ड हवाई फायर, एक जना नियन्त्रणमा

गैँडाको खाग तस्कर पक्राउ गर्न सेनाद्धारा ५ राउन्ड हवाई…

मकवानपुरको हेटौँडामा गैंडाको खाक तस्करलाई पक्राउ गर्न नेपाली सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको छ । हेटौँडा–५ गर्दौई र हेटौँडा–८…

Leave a Reply

Your email address will not be published. Required fields are marked *