• मंसिर १५, २०८१
  • No Comment
  • 133

जाजरकोटमा सडक मर्मतका क्रममा माटोले पुरिएर ३ जना गम्भीर घाइते

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर ३ जना गम्भीर घाइते भएका छन ।
जुनिचाँदे गाउँपालिका – २ देसीपाटा स्थित विश्वखाध्य कार्यक्रम अन्र्तगत सुयडा देखि मजकोट जाने सडक मर्मतका क्रममा शनिबार विहान १० बजेको समयमा काम गर्ने ३ जना मजदुर घाइते भएका हुन ।
घाइते हुनेमा जुनीचाँदे गाउँपालिका- २ का ३२ वर्षीय राम बहादुर वड, सोही वडाका २५ वर्षीय निर्मला शाही, २२ वर्षीय फुलमाया लुहार र ३५ वर्षीय नर बहादुर वड रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार माटोको ढिस्कोले पुरिएका घाइतेहरुको उद्दार भइसकेको छ । साथै,  प्रहरी सहायक निरिक्षक खेम खत्रीकाे कमाण्डमा ५ जनाको टोलीले उपचारका लागि जिल्ला अस्पताल जाजरकाेट पुर्याएकाे छ ।  थप विवरण आउँन बाँकि रहेको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *