• मंसिर १५, २०८१
  • No Comment
  • 181

जाजरकोटमा सडक मर्मतका क्रममा माटोले पुरिएर ३ जना गम्भीर घाइते

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर ३ जना गम्भीर घाइते भएका छन ।
जुनिचाँदे गाउँपालिका – २ देसीपाटा स्थित विश्वखाध्य कार्यक्रम अन्र्तगत सुयडा देखि मजकोट जाने सडक मर्मतका क्रममा शनिबार विहान १० बजेको समयमा काम गर्ने ३ जना मजदुर घाइते भएका हुन ।
घाइते हुनेमा जुनीचाँदे गाउँपालिका- २ का ३२ वर्षीय राम बहादुर वड, सोही वडाका २५ वर्षीय निर्मला शाही, २२ वर्षीय फुलमाया लुहार र ३५ वर्षीय नर बहादुर वड रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार माटोको ढिस्कोले पुरिएका घाइतेहरुको उद्दार भइसकेको छ । साथै,  प्रहरी सहायक निरिक्षक खेम खत्रीकाे कमाण्डमा ५ जनाको टोलीले उपचारका लागि जिल्ला अस्पताल जाजरकाेट पुर्याएकाे छ ।  थप विवरण आउँन बाँकि रहेको छ ।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *